नेपाल एयरलाईन्सको टिकट लिन रातभर लाईनमा बस्नु पर्ने बाध्यता

मंगलबार राती नेपाल एयरलाईन्सको कार्यालयमा लाईनमा बसेका यात्रुहरु । तस्बिर ः सि.टा. हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट नेपालगंज झर्नका लागि नेपाल एइरलाईन्सको टिकट लिन रातभर लाईनमा बस्नु पर्ने बाध्यता रहेको छ । नेपाल एयरलाईन्सको सिमकोट शाखाले लाईनमा वसेर जो पहिलो हुन्छ उसैलाई टिकट दिने ब्यवस्था गरेको कारण यात्रुहरु टिकट बितरण गर्ने अघिल्लो दिनको बेलुकाबाटै लाईनमा बस्ने गर्दै आउनु भएको हो ।

आउदो मङ्सीर ३ गते सोमबारका लागि मंगलबार बेलुका चार बजेबाट नेपाल एयरलाईन्सको कार्यालयमा लाईनमा बसेर नेपालगंजका लागि टिकट पाएकी यात्रु हिमांसु शाहीले रातभर लाईनमा बसेर टिकट पाउन सफल भएको बताए । यसरी लाईनमा नबसेको भए टिकट पाउन नसकिने भएको कारण अघिल्लो दिनबाट रातभर लाईनमा वस्नु पर्ने बाध्यता रहेको उनको भनाई छ ।

बुधबार टिकट पाउन सफल अर्का यात्रु साजन रावतले पनि जाडोमा रातभर लाईनमा बसेर टिकट पाउन सफल भएको बताए । मंगलबार दिउसो चार बजेर पन्द्र मिनेटमा लाईन बस्नु भएका रावतले टिकट पाउन निक्कै शास्ती खेप्न परि रहेको बताए । लाईनमा बस्नु भएका मध्य उनीहरु बाह्र जना भित्र परेपछि टिकट पाउन सफल भएका हुन । उनाई घरका मानिसले खाना पनि लाईन मै ल्याई दिएका थिए ।
सर्वसाधरणले टिकट प्राप्त गर्ने सजिलो उपाय देखेर नै लाईनमा बसेर टिकट बितरण गर्ने ब्यवस्था गरिएको नेपाल एयरलाईन्स सिमकोट स्टेशनका इन्चार्ज छिरिङ लामाले बताए । लाईनमा बसेर जो पहिला आउछ उसैले टिकट दिने ब्यवस्था गर्नुको अन्य बिकल्प नदेखिएको कारण यस्तो गरिएको उनको भनाई रहेको छ ।

यसरी लाईनमा बस्ने मध्यहरु जो पहिलो हुने बाह्र जनालाई दुई उडानको टिकट दिने ब्यवस्था गरिएको छ ।  हरेक हप्ताको सोमबार र मंगलवार गरि दुई उडान नेपाल एयरलाईन्सले नेपालगंजबाट सिमकोटका लागि भर्दै आएको छ । सिमकोट सुर्खेत, सुर्खेत सिमकोट उडान तालिका राखेको भएपनि दुई हप्तादेखि उडान भएको छैन ।

मंगलबार दोस्रो उडान भएपनि पछिल्लो हप्ताको लागि बुधबार बिहान ११ बजे लाईनमा बसालेर टिकट बितरणको ब्यवस्था गरिएको छ ।