सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवामा गएको बाढीको कारण हुम्ला जिल्लाका तीन जना सम्पर्क आज बिहीन भएका छन् । कर्मचारी र कामदारका रुपमा काम गर्दै आउनु भएका तीन जना हुम्लाका वासिन्दा बिहानवाट सञ्चार सम्पर्क बिहीन भएका हुन ।
हालसम्म रसुवा बाढीको कारण त्यहाँ काम गर्दै आएका तीन जना हुम्लाका वासिन्दा सम्पर्क बिहीन अवस्थामा रहेको राष्ट्रिय अनुसन्धान हुम्लाका प्रमुख मेघराज कँडेलले बताए । उनका अनुसार यसरी सम्पर्क बिहीन हुनु भएका ताँजाकोट गाउँपालिका– २ का स्थायी बासिन्दा नकुल शर्मा रहेका छन् ।
शर्मा रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतको रुपमा त्यहाँ सरुवा भएर गएका थिए । शर्मा मंङ्गलवार रसुवा भन्सारमा पुगेर हाजिर भएका थिए । यसैगरि अर्का सम्पर्क बिहीन हुनु भएका दुई जनामा खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत रहेकी छन् ।
उनीहरु हाल रसुवाको टिमुरे सामान ढुवानीको काम गर्दै आएका थिए । उनका आफन्तले सम्पर्क बिहीनको खोजीका लागि आग्रह समेत गरेका छन् ।





















