भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा त्रिशुलीमा

 

सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँका ४८ वर्षका तुलाराज बुढा (डिजि ) लाई नुवाकोटको त्रिशुलीमा ल्याईएको छ । उनलाई रसुवाबाट सेनाले उद्धार गरि त्रिशुलीमा ल्याएको हो ।

बुधबारबाट सम्पर्क बिहीन बुढा बिहीबार त्रिशुलीमा सेनालाई ल्याई पुर्याएको र उनको अवस्था ठिक भएपछि बिहीबारै काठमाडौंतर्फ लागेको हाल त्रिशुलीमा रहेका हुम्ला सिमकोट गाउँपालिका वडा नम्बर ५ का दिनेश बोहराले बताए ।

बुढासंगै श्रीमति कविता बुढा र छोरी रियासा बुढा भएपनि उनी दुवै जनाको अवस्था अज्ञात रहेको छ । त्रिशुलीबाट काठमाडौं हिडेका बुढा हाल कता छन भन्ने एकिन भने भएको छैन ।