रसुवाको भोटेकोशी बाढीको कारण हुम्लाका नौ जना सम्पर्क बिहीन

 

सि.टा. समाचारदाता
सिमकोट । बुधबार बिहान रसुवाको भोटकोशीमा गएको बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहीन भएका छन ।

कर्मचारी र मजदुरीका रुपमा काम गर्दै आउनु भएका उहाँहरु बाढी गएयता सम्पर्क बिहीन भएका हुन ।
हालसम्म रसुवा बाढीको कारण त्यहाँ काम गर्दै आएका नौ जना हुम्लाका वासिन्दा सम्पर्क बिहीन अवस्थामा रहेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए ।

उनका अनुसार यसरी सम्पर्क बिहीन हुनु भएका ताँजाकोट गाउँपालिका– २ का स्थायी बासिन्दा नकुल शर्मा रहनु भएको छ । शर्मा रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतको रुपमा त्यहाँ सरुवा भएर गएका थिए ।

उनी मंङ्गलवार रसुवा भन्सारमा पुगेर हाजिर भएका थिए । त्यसैगरि अर्का सम्पर्क बिहीन हुनु भएका खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रीमति अनिता रावत रहनु भएको छ ।

त्यसैगरि ताँजाकोट गाउँपालिका– ३ का धनराज जैसी सम्पर्क बिहीन छन । यता सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँका तुलाराज बुढा, कविता बुढा, रियासा बुढा र मानसिंह ऐडी रहेका छन भने चंङ्खेली गाउँपालिका– १ का मनजित बुढा पनि सम्पर्क बिहीन छन् । यसमा छ जना पुरुष र तीन जना महिला रहेकी छन् ।

उनीहरु रसुवाको टिमुरे र रसुवागढीमा सामान ढुवानी लगाएतमा काम गर्दै आएका थिए । हुम्लाबाट एक जना जागिरको शिलशिला, छ जना रोजगारीको लागि र दुई जना बालबालिका आमासंग रसुवा गएका थिए ,। उनका आफन्तले सम्पर्क बिहीनको खोजीका लागि आग्रह समेत गरेका छन ।