भोटेकोशी बाढीको कारण सम्पर्क बिहीन बुढा प्रशासनको सम्पर्कमा

सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटेकोशी बाढीको कारण मंगलबारबाट सम्पर्क बिहीन चंखेली गाउँपालिका– १ मनजित बुढा सहित अन्य दुई जना हुम्लाका स्थानीय सम्पर्कमा आएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालयले बुढा सहित अन्य तीन जना मोवाईल सम्पर्कमा आएको जनाएको हो ।

हाल रसुवा जिल्लाको कालिका गाउँपालिका– ८ को घुम्ती बजारमा सुरक्षित रहेका बुढाले आफुहरुको समुहका नौ जना रहेको र त्यसमध्य तीन जना हुम्लाका स्थानीय रहेको बताए । हुम्लाका आफु समित उनकै वडामा दिनेश बुढा र तीलक बुढा सुरक्षित रहेको बुढाले बताए । चार महिना अगाडी उनीहरु घुम्ती बजारमा होस्टेल र कलेजको भवन निर्माण गर्ने कार्यका लागि पुगेका थिए ।

आफुहरु रहेको स्थान केही माथि भएको कारण बाढीले केही गर्न नसकेको बताउदै उनले हेर्दा हेर्दै तल्लो क्षेत्र बगाएर लगेको बताए । मोबाईल नेटवर्क आउजाउन गर्ने भएको कारण आफुले सम्पर्क गर्न नपाएको भनाई उनको छ ।

प्रशासन कार्यालयले र्नै उनको नाम सम्पर्क बिहीनको रुपमा राखेको थियो । राम्रो नवुझिकनै सम्पर्क बिहीनको नाममा आफ्नो नाम पनि राखेकोमा उनले चित्त दुखाई गरे । बुढा सम्पर्कमा आएपछि प्रशासनले सुचना नै जारी गरेर सम्पर्कमा आएको जनाएको थियो ।

सो क्षेत्रको अवस्था भयावह भएको कारण खानाको पनि समसया देखिन थालेको उनले बताए । हुम्लाका धेरै ब्यक्ति परेको अनुमान उनको छ । उनको सम्पर्क नम्बर ९७६७५२९०३४ रहेको छ ।