सि.टा. समाचारदाता
इजरायलमा रहेको नेपाली राजदूतावासले रोजगारीका क्रममा इजरायलमा रहेका नेपालीहरुलाई वैधानिक माध्यमबाट मात्रै रकम नेपाल पठाउन आग्रह गरेको छ।
इजरायलबाट नेपालमा आफ्नो कमाइ पठाउनका लागि वैधानिक माध्यम हुँदाहुँदै हुण्डी, सापटी, ढुकुटीलगायतबाट रकम पठाउने गरिएको भन्दै दूतावासले चिन्ता व्यक्त गरेको छ।
हुण्डीलगायतका जोखिमपूर्ण कारोबार नगर्न दूतावासले अनुरोध गरेको छ।
दूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नुभएका नेपाली समुदायहरुलाई आफ्नो परिश्रमको कमाइ उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाइ विभिन्न खाले जोखिमहरुबाट टाढा रहन र हुण्डी कारोवारहरुबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरुमा दूतावासमा नियमितजस्तो गुनासाहरु आइरहेको हुँदा कुनै पनि विचौलियाहरुको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरुमा यस राजदूतावास विशेष अनुरोध गर्दछ।
























