एमालेबाट शाहीको उम्मेदवारी दर्ता

एमाले उम्मेदवार शाही । तस्बिर ः राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमालेले पनि आफ्नो उम्मेदवारको उम्मेदवारी दर्ता दोस्रो नम्बरमा गरेको थियो । एक दिन अगाडी मात्र उम्मेदवारको नाम घोषणा गरेको एमालेका तर्फबाट जाना शाहीले उम्मेदवार दर्ता गरेको हो । एमाले केन्द्रीय सदस्यहरु छक्कबहादुर लामा, दलबहादुर रावल, दलबहादुर फडेराको नेतृत्वमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको हो । यसअघि सृजना चोकबाट नेकपा एमालेले र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको हो ।

एमाले हुम्लाले वडा स्तरमा जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेताहरु खटाएर मत सर्वेक्षण गरेर सर्केगार्डमा बसेको पार्टीको बैठकले शाहीलाई उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सर्केगार्ड गाउँपालिका– ७ को रोडिकोट गाउँकी शाहीलाई पार्टीको तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो । यसअघि नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गरेको थियो ।