सर्केगार्ड उपनिर्वाचनमा मुख्य प्रतिश्प्रधी एउटै गाउँकी उम्मेदवार

काँग्रेस उम्मेदवार बुढा र माओवादी उम्मेदवार तिमिल्सिना । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य प्रतिश्प्रर्धी एउटै गाउँबाट दुई जनाको उम्मेदवारी परेको हो । सर्केगार्ड गाउँपालिका– ८ को राहदेउ गाउँबाट उपाध्यक्ष पदका लागि दुई जना महिला उम्मेदवारको मनोनय परेको हो ।
उक्त गाउँबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाएको हो ।

जसमा नेपाली काँग्रेसले सविता बुढालाई उम्मेदवार बनाएको छ । बुढालाई काँग्रेसले २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ नाम सिफारिस गरेको थियो । हाल उनी नेपाली काँग्रेस कर्णाली प्रदेश अधिबेशन प्रतिनिधि समेत रहेकी छन् । माओवादी केन्द्रले देबकी तिमिल्सिनाको उम्मेदवार बनाएको छ ।

तिमिल्सिना नेकपा माओवादी केन्द्र हुम्लाका संयोजक डाक्टर दिपेन्द्र रोकायाको पत्नी हुन । बुढाको नाम नेपाली काँग्रेसले सवै भन्दा पहिले घोषणा गरेको थियो भने माओवादीले तिमिल्सिनाको नाम उम्मेदवारी दिने दिनको बिहान सार्वजनिक गरेको थियो । बुढालाई काँग्रेस एक्लैको सर्मथन छ भने माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनालाई समाजवादी मोर्चाका घटकहरु नेकपा एकिकृत समाजवादी, बिप्लव र नेकपा माओवादीको सर्मथन रहेको छ ।

मतका हिसावले काँग्रेस सर्केगार्डमा सवै भन्दा ठुलो दल हो । उपनिर्वाचनमा पनि मुख्य प्रतिश्प्रर्धी दलहरु मध्य काँग्रेस र माओवादी पर्छन । एउटै गाउँकी दुबै उम्मेदवारबिच कडा प्रतिश्प्रर्धा हुने पनि बताईदै आएको छ । दुबै ठुला दलले एउटै गाउँबाट उपाध्यक्षको उम्मेदवार बनाएको कारण सो पद पनि सोही गाउँले पाउने अडकलवाजी गर्न थालिएको छ । उक्त वडाको फुचा गाउँबाट पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बाँचु बुढालाई उम्मेदवार बनाएको छ । यसबाट उक्त वडाबाट तीन जनाको उम्मेदवारी परेको छ ।