अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिता बिहीबारबाट हुने

प्रतियोगिताका लागि प्रकाशित लोगो । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय अन्तर विद्यालय फुटवल प्रतियोगिता मंसीर ६ गते बिहीबारबाट हुने भएको छ । सो प्रतियोगिता आयोजक हुम्ला फुटबल ऐकेडेमीले मंगलबार सो जानकारी दिएको हो । लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले जानकारी दिए । विद्यालयमा अध्ययनरत बिधार्थीहरुलाई फुटबल प्रति झुकाव राख्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । यसअघि मंसीर ४ गतेबाट उक्त प्रतियोगिता आयोजना गर्ने भनिएको भएपनि विद्यालयहरुको तयारी पुरा नभएको कारण दुई दिन पछि धकेलिएको हो । यसका लागि भोलीसम्म टिम दर्ता गर्ने कार्यतालिका रहेको छ । यो प्रतियोगिता अन्डर ११, १३ र १७ वर्ष मुनिका विच हुनेछ । छ गते भने प्रतियोगिताको उद्घाटन हुनेछ । विद्यालय स्तरीय सो प्रतियोगिता दोस्रो पटक हुन लागेको हो । यसअघि अदानचुली गाउँपालिकामा गतवर्ष यस्तै प्रतियोगिता सञ्चालन भएको थियो ।