सर्केगार्डमा उपनिर्वाचनका छ जनाको उम्मेदवारी कायम कायम, एक जनाको फिर्ता

उपनिर्वाचनका उम्मेदवारहरु ।

सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदका लागि मङ्सीर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दलहरु र स्वतन्त्र गरि सात जनाको उम्मेदवारी परेकोमा एक जनाले फिर्ता लिएका छन् । आफ्नो उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट उम्मेलवारी दर्ता गरेकी रामसरा खड्का साउद रहने छन् ।

उपाध्यक्ष पदका लागि सात जनको उम्मेदवारी दर्ता गर्ने कार्य भएकोमा एक जना फिर्ता लिएपछि अव छ जना उम्मेदवार कायम रहेको मुख्यनिर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए । अव अन्तिम उम्मेदवारी कायम भएका उम्मेदवारमा नेपाली काँग्रेसका तर्फबाट सविता बुढा रहेकी छन् ।

त्यसैगरि नेकपा एमालेकी जाना शाही, माओवादी केन्द्रकी देबकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचु बुढा र स्वतन्त्रबाट नरशे शाही रहेका छन् । स्थानीय तह उपनिर्वाचन–२०८१ का लागि सर्केगार्ड गाउँपालिका केन्द्रमा कातिक ३० गते मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । २ गते मनोनयन दर्ता गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार एक सुचना जारी गरेर अन्तिम उम्मेदवारको नावावली प्रकाशन गरेको छ । ३ गते उम्मेदवारको मनोनयन माथि दावी बिरोधको कार्यक्रम रहेको थियो ।