सिमकोट गाउँपालिकाको स्थानीय शिक्षा योजना बन्ने

कार्यशालाका सहभागीहरु । तस्बिर ः सौजन्य कृष्ण प्रसाद आचार्य

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको स्थानीय शैक्षिक योजना निर्माण गर्ने भएको छ । जिल्लाका कुनै पनि गाउँपालिकाले यो योजना निर्माण नगरेको अवस्थामा सिमकोटले निर्माण गर्न लागेको हो । बिहीबारबाट सुरु भएको संस्थागत परिचयात्मक तथा स्थानीय शिक्षा योजना निर्माणका लागि क्षेमता बिकास कार्यशालामा गाउँपालिका उपाध्यक्ष शुशिला भाम रोकायाले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै योजनाको प्रारुप तयार हुने बताईन । यो एक दमै महत्वपुर्ण कुरा भएको कारण जसरी पनि बजेटको ब्यवस्था गरेर स्थानीय शैक्षिक योजना तयार गरिने उनले बताईन । यसका लागि समाज जागरण केन्द्र ( स्याक) नेपालबाट हरि तिवारी जिल्लामा आएर कार्यशाला सञ्चालन गरि रहेका छन् । यसका लागि युनिसेफ नेपालको आर्थिक सहयोग र स्याकको प्राविधिक सहयोगमा कार्यशाला सञ्चालन भई रहेको छ । कार्यशालामा स्थानीय शैक्षिक योजना निर्माणका लागि गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षासंग सरोकार राख्ने निकायका प्रतिनिधिहरु सहभागी गरिएको छ । स्थानीय आवश्यकताका आधार योजना निर्माण गर्नु पर्ने भएको कारण कार्यशालामा स्थानीयलाई सहभागी गराएर उनीहरु कै रायका आधार योजना निर्माण हुने छ । कार्यशालाबाट धेरै उपायहरु आउने र युवा खेलकुद तथा शिक्षा शाखाले पनि यसका लागि आन्तरिक तयारी गरि रहेको शाखाका नायव सुव्वा कृष्ण प्रसाद आचार्यले बताए । योजना निर्माण सहयोग गरि रहेको स्याकका लागि हुम्ला जिल्लाबाट सिमकोट गाउँपालिका छानिएको हो ।