आज एक बजेबाट फाईनल खेल हुने

बालमन्दिर र सैपाल माविका खेलाडीहरु सेमिफाईनल खेल्दै । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । जिल्ला स्तरीय अण्डर १७ अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगिताको फाईनल खेलमा बालमन्दिर मावि र मानसरोवर मावि भिड्ने भएका छन् । शनिबार भएका दुई वटै सेमिफाईनस खेलमा दुई विद्यालय बिजेता भएपछि आईतबार फाईनलमा भेट हुने भएको हो । अण्डर १७ अन्तर विद्यालय फुटबल प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा बालमन्दिर माविले सैपाल हिमाल माविलाई सुन्नेका बिरुद्ध दुई गोल गरेर आफ्नो फाईनल यात्रा तय गरेको हो । फाईनल खेल आज १ बजेबाट हुनेछ ।

यसअघि हिजो भएको बालमन्दिरका तर्फबाट जर्सी नम्बर ३० का प्रकाश शाहीले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नम्बर १७ का प्रकाश बोहराले गरेका थिए । दुई गोल पहिलो हाफमा भएका थिए । त्यसैगरि प्रतिगोगिताका दोस्रो सेमिफाईनल खेलमा मानसरोवर माविले कैलाश मावि डाँडाफयाबाट बिजेता भएको हो । मानसरोवर माविले कैलाश माविलाई सुन्नेका बिरुद्ध तीन गोलले बिजयी भएको हो । जसमा हरि बुढाले दुई र प्रकाश रोकायाले एक गोल गरेका थिए । दोसौ सेमिफाईनलमा म्यान अफ द म्याच पुस्कार रोकाया मानसरोवर माविका भएका थिए । अण्डर १३ मा बालमन्दिर र कैलाश बोधी विद्यालय फाईनलमा गएका छन् । दुवै प्रतियोगिताको फाईनल खेल आईतबार एक बजेबाट हुनेछन् । सो प्रतियोगिता गत बिहीबार सुरु भएको थियो ।
लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता हुम्ला फुटवल ऐकेडेमीले आयोजना गरेको हो । प्रतियोगितामा अण्डर १७ मा चार वटा र अण्डर १३ मा चार टिमको सहभागिता रहेको थियो ।