सि.टा. समाचारदाता
सिमकोट । लैङ्गिक हिंसा बिरुद्धको सोह्र दिने अभियानको पहिलो दिन उद्घाटन गर्ने कार्य भएको छ । सबै खाले हिंसाहरुको न्यूनिकरण गर्नका लागि यो अभियान जिल्लामा सिमकोट गाउँपालिकाले सञ्चालन गरेको हो ।
सोमबार बेलुका सिमकोट गाउँपालिकाको कार्यालयमा अभियानको सुरुवात गरिएको छ । जसमा सिमकोट गाउँपालिकाले नेपाल नक्शा निर्माण गरेर मैन बत्ती प्रज्वलन गरिएको थियो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाया भामले अभियानको सुरुवात गरेकी थिईन । उद्घाटन कार्यक्रम सबै प्रकारका हिंसा न्यूनीकरण गर्नेतर्फ ध्यान जान आवश्यक रहेको उनले बताईन । उनले यो कार्यका लागि गाउँपालिका लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरिन । कार्यक्रममा सरकारी वकिल सिलुका लिंथेपले हिंसा आफैमा अपराध भएको कारण यसको निर्मुलीकरण गर्न आवश्यक रहेको बताईन । उनले लैगिंक हिसाले गर्दा समाजमा नसरात्मक कुरा बढ्दै गएको कारण यसलाई हटाउनका लागि सवैले लाग्नु पर्ने बताईन । त्यसैगरि पत्रकार महासंघका हुम्लाका अध्यक्ष राजन रावतले हिंसा कम गर्न ब्यक्तिले आफैबाट सुरुवात गर्न पर्ने बताए । हिंसा अरुका लागि नगर्न भन्ने तर ब्यक्ति आफै गर्ने कार्य लाग्ने प्रबृति नहटेसम्म परिवर्तन संभव नदेखिएको उनले बताए । अभियानको दोस्रो दिन आठ वटै वडाका आमा समुहबिच हिंसा बिरुद्ध जनचेताना मुलक कार्यक्रम सचालन गरिने छ भने गाउँपालिकाका विद्यालयहरुमा लैंिगक हिंसा बिरुद्ध चेतना मुलक कार्यक्रम पनि आयोजना गरिने छ । कार्यक्रममा सरोकारवाला पक्षको उपस्थिती रहेको थियो ।
















