सि.टा. समाचारदाता
सिमकोट । अबको पाँच् दिनपछि हुने सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदको उपविर्नाचन रोचक प्रतिश्प्रर्धा बन्ने देखिएको छ । २०७९ सालको निर्वाचनमा सबै भन्दा बढी मत रहेको नेपाली काँग्रेसको मुख्य प्रतिश्प्रर्धी नेकपा माओवादी केन्द्रलाई यतिबेलाको उपनिर्वाचनमा नेकपा माओवादी, बिप्लभ र नेकपा एकिकृत समाजवादीको पनि साथ रहेको कारण निर्वाचन निक्कै प्रतिश्प्रधी बन्ने देखिएको हो । पछिल्लो आँकडा अनुसार सर्केगार्डमा नेािली काँग्रेसको कुल मतदाता संख्या दुई हजार १३७ रहेको काँग्रेसको दावी छ । त्यसमा ३९३ मतदाता जिल्ला बाहिर रहेको काँग्रेसको दावी छ । ती मतदाता भित्र्याउनु पर्ने चटारोमा काँग्रेस छ । यता नेकपा माओवादी केन्द्रको आफ्नै मत एक हजार ९४७ रहेको छ । त्यसमा २४४ मतदाता जिल्ला बाहिर रहेका छन् । यी मतदाता भित्र्याउन पनि माओवादीलाई पनि उस्तै चटारो छ । नेकपा एमालेको मत संख्या एक हजार १७८ रहेको छ । त्यसमा एमालेका १७७ जना मतदाता जिल्ला बाहिर रहेका छन् । ती मतदाता ल्याउने वा नल्याउने एमाले खासै चासो राखेको देखिदैन । यता नेकपा माओवादीको मत संख्या २७७ रहेको छ । सो पार्टीको सर्मथन माओवादी केन्द्रलाई रहेको छ । मत संख्या खासै एकिन नभएको भएपनि माओवादीलाई नेकपा बिप्वभको पनि सर्मथन रहेको छ । अन्य दलहरुको मत २९३ देखिएको छ । १११ जना मतदाताहरु कतै खुलेको देखिएको छैन् । सर्केगार्ड गाउँपालिकाका मतदाताको संख्या छ हजार ८१० रहेको छ । त्यसमा १८२ जना मतादाता त बिदेशमा रहेका छन् । कुल मध्य ४६४ जना मतदाताको मृत्यु भएको छ । ६७ जनाको नाम सबै मतदान केन्द्रमा गरि दोहोरिएको छ । यो बिबरण केही गहन अध्ययन पश्चात तयार पारिएको छ ।
भएको छैन काँग्रेस एमाले समिकरण
बाहिर आएको जानकारी अनुसार सर्केगार्ड उपनिर्वाचनका लागि सत्तारुढ नेपाली काँग्रेस र एमाले समिकरण यो समाचार तयार पारुन्जेलसम्म भएको छ । एक चरणमा जिल्ला स्तरमा कुराकानी नभएको भने होईन । काँग्रेसलाई जित्नै पर्ने बाध्यता रहेको छ । तर एमालेलाई केन्द्रीय सदस्य, जिल्ला कमिटिको अध्यक्ष भएको गाउँपालिका रहेको कारण सम्मानजनक मत ल्याउनु बाध्यता छ । तर यसले सार्थक रुप भने पाउने सकेको छैन । किन कि केन्द्रीय सर्कुलर मैत्रीपुर्ण प्रतिश्प्रर्धा गर्ने छ । यो जिल्लास्तरमा र गाउँपालिका स्तरमा पनि मिलाउन सकिने पक्ष हो ।
















