सुनको मूल्य घट्यो

सि.टा समचारदाता

साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २६०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १५१३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २६०० रुपैयाँले घटेर १४८७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।