कर्णालीको पाँचौं मुख्यमन्त्रीमा शाही नियुक्त

फोटो क्याप्सन मुख्यमन्त्रीमा शाहीलाई नियुक्त गर्दै प्रदेश प्रमुख जोसी । तस्बिर : सौजन्य प्रदेश प्रमुखको कार्यालय

सि.टा. समाचारदाता
सिमकोट ।      कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा मंगलबहादुर शाहीलाई नियुक्त गरिएको छ । मंगलवार बेलुका मुख्यमन्त्रीमा आफ्ना दावी पेश गरेका शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोसीले लगत्तै नियुक्त गरेका हुन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलको नेता शाहीेले मख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै मंगलवारै प्रदेश प्रमुख जोसीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार शाहीले एमालेका प्रदेश सदस्यको समर्थनमा मुख्यमन्त्री दावी पेश गरेका थिए । प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए ।

संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । यो सँगै कर्णाली प्रदेश सरकारको पाँचौ मुख्यमन्त्रीका रुपमा शाही मुख्यमन्त्री नियुक्त भएका छन । मुख्यमन्त्रीको सफथ बुधबार खुवाउने तयारी भई रहेको छ ।

यअसघ पहिलो मुख्यमन्त्रीका रुपमा तत्कालनीन नेकपा माओवादीबाट महेन्द्र बहादुर शाही, त्यस पछी नेपाली काँग्रेसबाट जीवन बहादुर शाही, नेकपा माअ‍ेवादी कन्द्रबाट राजकुमार शाही, एमालेबाट यामलाल कँडेल मुख्यमन्त्री भई सकेका छन् ।