सि.टा. समाचारदाता
सिमकोट । जिल्लामा भौतिक पुर्वाधार निर्माणका लागि महत्वपुर्ण कार्यालयमा रुपमा रहेको पुर्वाधार बिकास कार्यालयको पिुँजीगत खर्च न्यून देखिएको छ । अप्रत्यासीत रुपमा इन्धनको मुल्यबृद्धि हुनु, निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्नु र कार्यान्वयनका लागि तयारीमा नरहेका योजनाको लागि बजेट विनीयोजित भएको कारण पुँजीगत बजेटमा न्यून खर्च भएको हो ।
आर्थिक वर्ष ०८२।०८३ मा पुर्वाधार बिकास कार्यालयको पुँजीगत खर्च ४२ दशमलव ५२ प्रतिशत मात्र भएको सो कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । कार्यालयले ३८ करोड ८५ लाख ७४ हजार ८६४ रुपियाँ खर्च गरेको छ । उक्त आवमा ८९ करोड एक लाख साठी हजार बजेट पुँजीगत शिर्षकमा विनीयोजित भएर डेढ सय भन्दा बढी योजना तर्जुमा गरिएका थिए ।
साना र सालवसाली योजनाको प्रगति सन्तोसजनक भएपनि ठुलो र गौरभका योजनाको काम भने सुस्त गतीमा बढेको कारण ती योजनाहरुबाट खर्च कम भएपछि प्रगति कम भएको हो् । जव कि अघिल्लो वर्ष कार्यालयले पुँजीगत खर्च ६५ प्रतिशत भन्दा बढी गरेको थियो । कार्यालयले प्राप्त गरेको प्रगतिमा पुँजीगत खर्च निक्कै कम नरेको स्वीकार गर्दै यसले गर्दा ठुला आयोजनाको काम निक्कै सुस्त गतिमा वढेको प्रमुख जैसीले बताए ।
यसरी बिकास निर्माणका कार्यहरु अगाडी बढ्न नसक्नुमा देशमा इन्धनको अभावपछि अप्रत्यासीत र अस्वभाविक रुपमा मुल्यबृद्धि भएकोले काम अगाडी नबढ्नु, निर्माण कम्पनी पक्षबाट काममा ढिलासुस्ती हुनु , हिउदमा सिमेन्टको काम रोकिनु र कार्यान्वयनका लागि तयारी अवस्थामा नरहेका योजनाका लागि उल्लेख्य बजेट विनीयोजित भएको कारण पुँजीगत खर्च न्यून भएको र यसको असर ती योजनाहरु प्रगति कम देखिएको हो ।
छ वटा संरचनाको एक साथ निर्माण कार्य सुरु भएको ५२ करोडको कैलाश मानसरोवर गेट वे, गल्फागार्डदेखि श्रीनगर सडकको कालोपत्र गर्ने कार्य अगाडी नढेको कारण बजेट कम खर्च भएको हो ।
काम गर्न सकिने योजनामा लागत अनुमानको एक चौथाई बजेट विनीयोजित हुन पनि समस्याको रुपमा रहेको भनाई कार्यालयको छ । सडक निर्माणका कामहरु सहजै गर्न सकिने भएपनि अन्य निर्माणका काममा अगाडी बढाउन समस्या खडा भएको कारणले पनि प्रगति हाँसिल गर्न समस्या भई रहेको कार्यालयले जनाएको छ ।
केही निर्माण ब्यवसायीलाई कार्यालयले निर्माण कार्य तीब्र पार्न ताकेता गर्दा पनि सीप नलागेको कारण कार्यालयद्धारा सञ्चालीत डेढ दर्जन योजनाहरुको निर्माण कार्य अलपत्र अवस्थामा रहेका छन ।
























