सि.टा. समाचारदाता
सिमकोट । उपनिर्वाचनका लागि मंसीर १२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सवदलीय बैठकको निर्णय कार्यान्वयन हुन सकेको छैन । चुनावी प्रचार प्रसारका लागि गाउँपालिका बाहिरबाट गएका राजनीति दलका नेता र जनप्रतिनिधिहरुले मौन अवधि सुरु हुँदा पनि सर्केगार्डका मतदान केन्द्र नछोडेपछि बैठकको निर्णय कार्यान्वयन हुन नसकेको हो । मंसीर १६ गते हुने उपनिर्वाचनका लागि प्रतिश्प्रधी ठुला दलहरुले निर्वाचन क्षेत्रमा मौन अवधिदेखि मतदान सम्पन्न हुने अवधिभर जिल्ला बाहिर र गाउँपालिका बाहिरका मानिसहरु सर्केगार्ड गाउपालिकाको निर्वाचन क्षेत्रमा बस्न नपाउने सर्वदलीय निर्णय शनिबार दिउसोसम्म दलहरुले कार्यान्वयन गरेका छैनन् । गत बुधबार बसेको सर्वदलीय बैठकले निर्वाचन निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सो निर्णय गरेको भएपनि आजसम्म तीन ठुला प्रतिश्प्रधी दलहरुका नेता तथा जनप्रतिनिधिहरुले सर्केगार्ड गाउँपालिका नछोडेको पाईएको हो । तीन दलका जिल्ला कार्यसमितिका पदाधिकारीहरु अधिकाँस सर्केगार्डमा रहेको पाईएको छ । दलका जिल्ला तथा केन्द्रीय स्तरका नेताहरु गाउँपालिकाको सिमान छोड्नु भन्दा मतदान केन्द्र भएका गाउँमा गएर बसेको पाईएको छ । आफैले गरेको निर्णय गर्न दलहरु अनिच्छुख देखिएका छन् । एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले आफ्नो दलका नेताहरु सर्केगार्ड छोड्न तयार भएको भएपनि नेकपा माओवादी केन्द्र नेपाली काँग्रेसका नेताहरुले नछाडेपछि आफु पनि बस्न बाध्य भएको बताए । तीन दलका नेताहरु मतदान केन्द्रमा खटिएको पाईएको हो । यो संगै बढी आधार संहिता लाग्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रदेश सभा सदस्य र संयीय संसदका सदस्यहरु पनि गाउँगाउँमा बसेका छन् । दलहरुको यो कामले कुनै पनि बिबाद र झैझगडा हुन सक्ने समेत देखिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले स्थानीय सरकारका प्रमुख, प्रदेश सभा सदस्य र संघीय सासदहरुले आफै छोड्नु पर्ने भएपनि नछोडेके जानकारी आएको बताए । यद्यपि राप्रपा भनेका नेता भने सर्केैगार्ड छोडेको जनकारी प्राप्त भएको छ ।
























