सर्केगार्ड उपनिर्वाचनमा तीन वटा मतदान केन्द्रको गणना गर्दा यस्तो छ दलले पाएको मत

मत गण्नाा स्थल तस्बिर ः सोजन्य ओभराज शाही

सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनको तीन वटा मतदान केन्द्रको मत गणना कार्य सम्पन्न हुँदा माओवादी उम्मेदवार पहिलो स्थानमा देवकी तिमील्सिना रहेकी छन् ।

यी तीन वटा मतदा केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्ने मतदान केन्द्रमा खसेको मत गण्नाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थानमा रहेकी हुन ।

यी तीन वटा मतदान केन्द्रमा खसेको एक हजार २८३ मत गणना गर्दा माओवादी उम्मेदवरा तिमिल्सिनाले ४७७ मत ल्याएर अग्र स्थनामा रहेकी छन् भने एमाले उम्मेदवार जाना शाहीले ४०४ मत ल्याएकी छन भने नेपाली काँग्रेसकी सविता बुढाले ३४८ मत प्राप्त गरेकी छन् ।

त्यसैगरि राप्रपाी उम्मेदवारले बीस मत प्राप्त गरेकी छन् भने रास्वपाले पाँच र बदर मत ३१ रहेको छ । अहिले वडा नम्बर ३ को देबकोटा आवि उनापानीको मत गण्नाा कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२३ मत खसेको थियो ।