सर्केगार्ड उपनिर्वाचनमा ९३ वर्षकी महिलाद्धारा मतदान कार्यमा सहभागिता

रोकायालाई मतदान कार्यका लागि घरबाट केन्द्रतर्फ लगिदै । तस्बिर ः सौजन्य भक्तराज ऐडी.

सि.टा. समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिकाको उपाध्यक्ष पदका लागि रहेको मतदान कार्यमा एक जना ९३ वर्षकी महिलाले मतदान कार्य गरेकी छन् ।

वडा नम्बर ६ को बराई गाउँकी जेष्ठ नागरिक महिलाले मतदान कार्यमा भाग लिएकी हुन । स्वयम्भु आवि मतदान केन्द्रका मतदान अधिकृत परशुराम न्यौपानेले ९३ वर्षकी नन्दकला रोकायाले मतदान कार्यमा भाग लिएको बताए ।

विस. १९८७ सालमा रोकायाको जन्म मिति रहेको छ । उनलाई उनका छोरा मतदान कार्यमा सहयोग गरेका थिए ।