सि.टा. समाचारदाता
सिमकोट । कुल खसेको मत मध्य २६९७ मत गन्दा माओवादी केन्द्रकी देवकी तिमिल्सिना अगाडी रहेकी छन् । सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनमा पाँच वटा वडाका सात वटा मतदान केन्द्रको मत गणना कार्य हुँदा माओवादी केन्द्रको अग्रता कायमै रहेको हो ।

यी सात वटा मतदान केन्द्रमा खसेको दुई हजार ६९७ मत गणना गर्दा माओवादी उम्मेदवरा देवकी तिमिल्सिनाले ९८९ मत ल्याएर अग्रस्थानमा रहेकी छन् भने काँग्रेस उम्मेदवार सबिता बुढाले ९४८ मत ल्याएर पछ्याएकी छन् ।
एमाले उम्मेदवार जाना शाहीले ६६३ मत ल्याएकी छन । त्यसैगरि राप्रपाकी उम्मेदवार संगिता शाहीले ३५ मत प्राप्त गरेकी छन् भने रास्वपाकी बाँचु बुढाले बाह्र र स्वतन्त्र नरेश शाहीले पाँच मत प्राप्त गरेका छन् । बदर मत ४५ रहेको छ ।

अझै एक हजार ८२७ मत गणना गर्न बाँकी रहेको छ ।
यी सात वटा मतदान केन्द्रहरु वडा नम्बर १ को देवल आवि तुम्च र सरस्वति मावि जैर तथा वडा नम्बर २ को लालिगुराँस मावि लिप्न, वडा नम्बर ३ को देवकोटा आवि उनापानीे, ४ को हिमज्योति मावि सर्केगार्ड, ५ को भवानी आवि गोठी र ५ कै धुम्चुली मतदान केन्द्रको मतदान केन्द्रमा खसेको मत गणनाा गर्दा माओवादी उम्मेदवार पहिलो स्थान मै भए पनि काँग्रेससंग मतान्तर भने घट्दै छ ।
अझै एक हजार ८२७ मत गणना गर्न बाँकी रहेको छ । अहिले वडा नम्बर ६ कै स्वयम्भु आवि बराईको मतगणना कार्य जारी रहेको छ । आईतवार सम्पन्न भएको उपनिर्वाचनमा चार हजार ५२४ मत खसेको थियो ।















