
सि.टा. समाचारदाता
सिमकोट । सुर्यज्योति लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडद्धारा आफ्ना देशभरका बाईस जना शाखा प्रबन्धकलाई सम्मान गरेको छ । लक्ष पुरा गर्ने शाखाका लागि कम्पनीले राखेको चितवनको सौराहा भेट कार्यक्रममा लक्ष्य पुरा गर्ने शाखाका प्रबन्धकलाई सम्मान गरेको हो ।

देशभरका जिल्लामा रहेका शाखाहरुले यस आर्थिक वर्षको पहिलो त्रैमास ( साउन– असोज ) मा कम्पनीले दिएको लक्ष्य पुरा गरेपछि लक्ष्य पुरा गर्ने सबै शाखा प्रबन्धकलाई सम्मान गर्ने कार्यक्रम चितवनको सौराहमा भएको कम्पनीको कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले बताए ।
प्रथम त्रैमासमा दिएको लक्षमा एक सय दश प्रतिशत भन्दा बढी ल्याउने देशभरका बाईस वटा शाखाका प्रबन्धकलाई सौराह भेट कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने कार्य भएको उनले बताए । ती शाखाहरुले एक सय दश देखि २८५ दशमलव चालीस प्रतिशत लक्ष पुरा गरेका थिए ।
सवै भन्दा बढी शाखालाई लक्ष्य पुरा गराउने क्षेत्रीय प्रबन्धकलाई पनि सम्मान गरिएको थियो । लक्ष पुरा गर्ने शाखा प्रमुखलाई कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले टोकल अफ ल प्रदान गरेका थिए भने कार्यकारी अधिकृत खत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा कर्मचारीलाई बधाई दिदै अध्यक्ष भट्टराईले यो काम पहिलो त्रैमासमा भएको र अब कम्पनीले माथि लैजान निरन्तरताको आवश्यकता रहेको बताए । कर्मचारीलाई प्रबिधि सम्वन्धि ज्ञान सीप, क्षेमता बिकासका लागि कम्पनीको वोर्ड सकरात्मक रहेको बताउदै यस वर्ष कम्पनीले लिएको न्यूनतम लक्ष ३५० करो पुरा गर्नु पर्ने बताए ।
कार्यक्रममा कार्यकारी अधिकृत खत्रीले ब्यवसायीक रुपमा कम्पनीलाई माथि उठाउनु पर्ने र त्यसमा शाखाकाृ महत्वपुर्ण हात रहेको बताए ।
यो कार्यक्रममा कम्पनीका ब्यापार शाखाका प्रमुख फरशुराम मरासिनीले सो कार्यक्रममा हालसम्मको कम्पनीको अवस्था, कर्मचारीलाई काम गर्नका लागि मनोवल उच्च राख्ने सिकाईहरु प्रस्तुत गरेका थिए । कार्यक्रम तालिम शाखाको प्रमुख उत्तम आचार्यले संचालन गरेका थिए ।











