सि.टा समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको नेतृत्वमा पत्रकार राजन रावत पूनः अध्यक्ष पदमा दोहोरिएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी नरजन तामाङ बिहीबार आफ्नो मनोनयन फिर्ता लिएपछि रावत नेतृत्वको सिङ्गो जिल्ला कार्य समिति सर्वसम्मत भएको हो ।
निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ हुम्लाको जिल्ला कार्य समितिमा अध्यक्ष अर्को कार्यकालका लागि रावत दोहोरिनु भएको छ । त्यसैगरि उपाध्यक्ष (खुल्ला) सुरेश परियार , उपाध्यक्ष (समावेशी) मा छपाल लामा सचिवमा नन्द सिंह, सह–सचिव (खुल्ला) पदमराज हमाल, सह–सचिव (समावेशी) मा भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा धन बहादुर भण्डारी, रतन रावत , मोहनसिंह बुढा, लक्ष कामी, लोग भण्डारी, ओभराज शाही, रत्न भण्डारी र अविनास लामा चयन हुनुु भएको हो ।
त्यसैगरि केन्द्रीय प्रतिनिधि नवराज महतारा र निर्पराज हमाल तथा प्रदेश प्रतिनिधि मोतिलाल महतारा निर्वाचनले सर्वसम्मत चयन गरेको हो । जिल्ला निर्वाचन मण्डलले यसको औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ । अब प्रदेश र केन्द्रीय कार्य समितिका लागि शुक्रबार मतदान हुनेछ ।












