स्वास्थ्य शिबिरमा ३४० जनाको उपचार

फोटो क्याप्सन । शिबिरमा बिरामीका लागि लाईनमा वसेका सेवाग्राही । तस्बिर ः सौजन्य , मैला स्वास्थ्य चौकी

सि.टा समचारदाता
सिमकोट । ताँजाकोट गाउँपालिकामा एक दिने स्वास्थ्य शिबिर सञ्चालन भएको छ । ताजाकोट गाउपालिकाको विशेष पहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको प्रबिधिक तथा आर्थिक सहयोगमा शिबिर सञ्चालन भएको हो ।

ताजाकोट गाउँपालिका अन्तरगत मैला स्वास्थ्य चौकीमा सबै प्रकारका बिरामीहरुको निशुल्क स्वास्थ्य चेक जाँच गर्ने कार्य भएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताए । शिबिरमा बिरामीलाई नि शुल्क औषधी बितरण समेत गरिएको थियो ।

उपचार पाउने सेवाग्राहीहरुमा १८४ जना महिला र १५६ पुरुष गरि जम्मा ३४० जनाहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो । सो कार्यमा सहयोग गर्ने ताजाकोट गाउँपालिका सरकार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका चिकीत्सक, स्वास्थ्य शाखा, मैला स्वास्थ्य चौकी र फेज नेपाल लगाएतका स्वास्थ्यकर्मीहरु ।