अण्डर – १६ हक्कीमा नेपाल विजयी

सि.टा. समाचारदाता
सिमकोट । हाल मलेसियामा जारी रहेको अण्डर– १६ हक्की प्रतियोगितामा नेपाल बिजयी भएको छ । बिहीबार मलेसियामा भएको पहिलो खेलमा नेपालले साउदी अरवलाई पराजित गरेको हो ।

महिला र पुरुष खेलाडी सम्मिलित पहिलो खेलमा नेपालले साउदी अरवलाई एकका बिरुद्ध दुई गोल गरेर खेल आफ्नो पक्षमा पारेको छ । बिहीबारबाट सुरु भएको प्रतियोगिता पुस नौ गतेसम्म सञ्चालन हुने छ ।

नेपाली खेलाडीहरुको टिममा हुम्ला जिल्लाका तीन जना खेलाडीहरु सम्मिलित रहेका छन् । जसमा सिमकोट गाउँपालिका– २ की तुलसी बोहरा, सिमकोट गाउँपालिका– ५ का सुसान्त रोकाया र रोसन परियार रहेका छन् ।