थन्किएर रहेका मिडिया सम्वन्धि बिधेयक चाँडो ल्याउन प्रेश युनियनका अध्यक्ष लम्सालको आग्रह

फोटो क्याप्सन । कार्यक्रममा बोल्दै अध्यक्ष लम्साल । तस्बिर ः राजन रावत, हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । श्रमजिवी पत्रकारहरुका लागि निर्माण गरेर पनि थन्किएर मिडिया सम्वन्धि जति पनि ऐन कानूनहरुलाई चाँडो ल्याउन नेपाल प्रेश युनियनका अध्यक्ष शिव लम्सालले बताएका छन् ।

नवनिर्वाचित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्य समितिलाई युनियन र प्रेश चौतारीले सम्युक्त रुपमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष लम्सालले सो कुरा बताएका हुन ।

नेपाली पत्रकारिता क्षेत्रले सधै नेपालको राजनीति परिवर्तनमा पहरेवारको रुपमा भूमिका खेलेको कुरा स्मरण गराउदै अध्यक्ष लम्सालले हाल मन्त्रालय, संसदका समिति र संसदमा थन्किएर रहेका बिभिन्न मिडियो सम्वन्धि बिधेयकहरु चाँडो ल्याउन दलका नेताहरुलाई उनले आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारको उपस्थिती रहेको थियो ।

उनले जति पनि मिडियो सम्वन्धि बिधेयकहरु श्रमजिवी पत्रकारहरुको हकहितका लागि भएको भएपनि त्यसले कानूुनी रुप धारण गर्न नसक्दा समस्या भई रहेको औल्याउदै त्यसलाई तत्काल ल्याउनु पर्ने बताए । ०६२।०७३ सालको आन्दोलनमा सत्ता राजा ज्ञानेन्द्रको हातमा गएको समयमा आन्दोलन गर्ने दलका नेताहरुलाई प्रेशका गाडीमा ओसार पसार गरेको जानकारी गराउदै श्रमजिवी पत्रकारहरु प्रति दलहरु नरम हुनु पर्ने उनले बताए ।

निक्कै कष्ट र मिहेनेत गरेर पत्रकार महासंघको वर्तमान कार्य समिति निर्वाचित गराईएको बताउदै उनले अब महासंघलाई कसरी अगाडी बढाउने र श्रमजिवीको हितमा काम गर्ने भन्ने कुरामा ध्यान दिन उनले सुझाव दिए ।