सि.टा. समाचारदाता
सिमकोट । हिल्सा नाकाबाट हुम्लावासीलाई मानसरोवर कैलाश दर्शनका लागि बन्देश लगाएको तेह्र वर्षपछि हुम्लाका धामीझाँक्री यस पटक मानसरोवर कैलाशको दर्शनमा पुगेका छन् । मानसरोवर कैलाशको दर्शन तथा पुजाआजाका लागि जानु भएका धामीझाँक्रीहरुले भिसा लगाएत गएका थिए ।
हुम्लामा मानिने देवता मध्यको बाँडपालका धामीझाँक्रीलाई यस पटक भिसा लगाएर मानसरोवर कैलाश पुजाआजाका लागि लगिएको सिमकोट गाउँपालिका– ५ का टेकबहादुर रावतले बताए । धार्मिक मान्यता अनुसार धामीझाँक्रीलाई मानसरोवरमा स्नान गराउने र कैलाश परिक्रमा गरेमा शुद्ध हुने धार्मिक मान्यता रहेको छ ।
नयाँ धामी भई सकेपछि एक पटक मानसरोवर कैलाशको दर्शन गर्न जानै पर्ने धार्मिक मान्यता पनि रहेको छ । यसका लागि देवता मान्ने दुई घरधुरीले बाडपाल देवताका धामीझाँक्रीलाई मानसरोवर कैलाशको दर्शनका लागि लग्ने ब्यवस्थापन गर्नु भएको हो ।
खुल्ला रुपमा सीमा पासका आधारमा मानसरोवर कैलाशको दर्शन गर्न चीनले हुम्लावासीलाई बन्द गरेपछि जनै ( साउने ) पुर्णिमा मान्ने सिमकोट गाउँपालिका– ५ र ६ का धामी मध्य बाडपालका धामीझाँक्री पहिलो पटक गएका हुन ।
मानसरोवर कैलाशको दर्शनका लागि लाग्नु भएका बाडपाल देवताका धामीझाक्री भदौ १० गते सिमकोट फिर्ता आउने छन् । भदौ ११ गते चर्तुदसी र १२ गते जनै पुर्णिमा परेको छ ।
सो मेलामा धामी पुगेर २०७० साल अगाडीसम्म हुम्लाका स्थानीयले मानसरोवर कैलाशको दर्शन सीमा पासका आधार जाने गरेको भएपति त्यसपछि सो पासका आधारमा जान बन्द गरेको थियो । भीसा लगाएर जानु परेपछि धामीझाँक्रीको धार्मिक यात्रा पनि खर्चिलो भएको छ ।



















