चीनको ताक्लाकोटमा फुरु ब्यापार राम्रो

फोटो क्याप्सन ताक्लाकोटमा ब्यापारी सुनाम लामाले सञ्चालन गर्दै आएको फुरुको पसल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लावासीको ब्यापार गर्ने थलोको रुपमा चिनीदै आएको चीनको पुराङ काउण्टीको ताक्लाकोटमा पैतालीस करोडको फुरु ( काठको भाडा ) ब्यापार भएको छ । ताक्लाकोटमा चिनीयाँ उपभोक्ताले नेपाली फुरु राम्रोसंग खरिद गर्ने भएको कारण हुम्लाका ब्यापारीहरुले फुरु बिक्रीबाट राम्रो आम्दानी गरेका हुन ।

ताक्लाकोटमा फुरु ब्यापार गर्दै आएका सुनाम लामाले हुम्लाका ब्यापारीहरुले यसवर्ष ताक्लाकोटमा चालीस करोडको फुरुको ब्यापार गर्न सफल भएको बताए । ताक्लाकोट लगाएत चिनीयाँ शहरमा फुरुमा चिया पिउनु उपयुक्त मानिन्छ । नेपाल र भारतका बिभिन्न क्षेत्रबाट काठ सङ्कलन सिमकोट हुँदै ब्यापारीले ताक्लाकोटमा फुरु लग्नु हुन्छ ।

फुरु बनाउने र त्यसमा बुट्टा भर्ने तथा रंगरोगन गर्ने कार्य गरिन्छ । त्यसपछि केही फुरुमा चाँदीका बुट्टा भर्ने कार्य पनि गरिन्छ । यी सवै का भएपछि बिक्रीका लागि हुम्लाका ब्यापारीहरुले पसलमा राख्ने गर्नु हुन्छ । ताक्लाकोट मात्र हुम्लाका ब्यापारीहरुका तीस भन्दा बढी फुरुका पसलहरु रहेका छन् । फुरु बिक्रीबाट आम्दानी राम्रो हुन थालेपछि फुरुका पसल नै स्थापना गर्ने हुम्लाका ब्यापारी पनि बढ्दै गएको उनले बताए । उनले एउटै फुरुको एक हजार पाँच सयदेखि एक लाख मुल्य समेत पर्ने बताए ।

आकार पनि साना ठुला हुने गर्छ । ताक्लाकोटमा हुम्लावासीले सञ्चालन गरेको फुरु पसलमा असी जना हुम्ला कै बेरोजगार युवाले रोजगारी समेत पाएका छन् । ताक्लाकोट फुरु ब्यापार गर्दै आएका अर्का ब्यापारी पाल्दन लामाले नेपाली फुरु ताक्लाकोटमा राम्रो बिक्री हुने गरेको बताए ।

यसबाट हुम्लाका ब्यापारीहरु राम्रो आम्दानी गर्न सफल भएको उनको भनाई छ । ताक्लाकोटमा हुम्लाका ब्यापारीहरुका लागि छुट्टै बजारको ब्यवस्था गरिएको छ । ताक्लाकोटमा चीनको ल्हासादेखि ठुला शहरबाट ब्यापारी तथा अन्य उपभोक्ताहरु आएर फुरु खरिद गर्ने गरिन्छ ।