प्रेश सेन्टरको स्थापना दिवसको अवसरमा राससकर्मी रावत सम्मानीत

फोटो क्याप्सन रावतलाई सम्मान गरिदै । तस्बीर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । प्रेश सेन्टर नेपाल हुम्लाले आफ्नो स्थापना दिवसको अवसरमा राससकर्मी हरि बहादुर रावतलाई सम्मान गरेको छ ।
प्रेश सेन्टरको २१ औं स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा सेन्टरले पत्रकार महासंघको स्थापना कालका सदस्य र लामो समय राससमा काम गर्दै आएका पत्रकार रावतलाई सम्मान गरेको हो ।

माओवादी केन्द्रका सचिव धर्मराज बोहराले सम्मान पत्र प्रदान गरेर रावतलाई टिका लगाएर सम्मान गरेका थिए । साथै सम्मानीत रावतलाई खादा पनि लगाईएको थियो । रावत हुम्ला जिल्लाका जेष्ठ पत्रकार पनि हुन ।