सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लावाट राष्ट्रिय परिचयपत्र लिनका लागि बिबरण वुझाएर सो परिचयपत्र जिल्लामा आई पुगेकाहरुलाई आफ्नो परिचय पत्र लिन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आग्रह गरेका छन् । परिचयपत्र तयार भएर जिल्लामा आई पुगेका मध्य धेरैले हालसम्म नलिएको कारण प्रजिअले सो हाग्रह गरेका हुन ।
हिमाली जिल्ला हुम्लामा आठ हजार भन्दा बढीले जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका थिए । हालसम्म आठ हजार ५७६ जनाले राष्ट्रिय परिचयपत्र लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन बुझाएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ । आवेदन दिएका मध्य दुई हजार ३५० जनाका परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आई पुगेको र आएका कार्ड मध्य ७१८ परिचयपत्र सम्वन्धित ब्यक्तिले बुझेर लिएका छन् ।
हाल कार्यालयमा एक हजार ६३२ कार्ड सम्वन्धि सेवाग्राहीले लिन बाँकी रहेको छ । प्रजिअ पाण्डेले कार्यालयमा आई पुगेका तर लिन बाँकी परिचयपत्र कार्यालयमा आएर लिन आग्रह गरे । राष्ट्रिय परिचयपत्र नम्बर भए पुग्ने भएपछि सेवाग्राहीहरुलाई परिचयपत्र लिन खासै रुचि समेत देखिएको छैन ।
एक त हुम्ला जिल्लाका ग्रामीण बस्तीबाट सदरमुकाम सिमकोट आई पुग्न दुई दिनसम्म लाग्ने भएको कारण पनि परिचयपत्र लिन आउन सेवाग्राहीले चासो नदिएको हो । राष्ट्रिय परिचयपत्र बितरण गर्ने कार्य २०७५ सालबाट सुरु भएको हो । परिचयपत्र लिन जिल्ल प्रशासन कार्यालयमा ब्यक्तिगत बिबरण भरेको एक वर्षदेखि साँढे दुई वर्षको अवधिमा सम्वन्धि बिबरण भरेको कार्यालयमा आई पुग्ने गरेको छ ।
यो परिचयपत्र लिनका लागि अन्य जिल्लाबाट पनि भर्न सकिने भएको कारण हुम्ला जिल्लाका सेवाग्राहीले अन्यत्रबाट पनि लिन सक्ने छन् । जुन जिल्लामा राष्ट्रिय परिचयपत्र लिनका लागि बिबरण भरेको हो सोही जिल्ला परिचयपत्र यपलब्ध हुने गरेको छ । हुम्ला जिल्लाको जनसंख्या ५५ हजार भन्दा बढी रहेको छ ।
















