सि.टा समचारदाता
सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको तेस्रो तलामा लागेको आगो नियन्त्रणमा आएको छ। शनिबार बिहान उक्त भवनमा आगलागी भएको हो ।
आगलागी के कारणले भएको हो खुल्न सकेको छैन । कर्मचारी र प्रहरीको प्रयासमा अहिले आगो नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
















