ब्यवसायीबिच दौरा सुरुवाल सिलाई प्रतियोगिता हुने

सि.टा समाचारदाता
सिमकोट । हुम्ला जिल्लामा सिलाई कटाई ब्यवसाय सञ्चालन गर्दै आउनु भएका ब्यवसायीबिच दौरा सुरुवाल सिलाई सीप प्रतियोगिता हुने भएको छ । जिल्लाभर सिलाई कटाई ब्यवसाय गर्दै आएका ब्यवसायीको सीपलाई प्रोत्साहन गर्नका लागि यो प्रतियोगिता हुन लागेको हो ।

हुम्ला जिल्लामा सिलाई कटाई ब्यवसाय गर्दै आउनु भएको ब्यवसायीबिच दौरा सुरुवाल सिलाई प्रतियोगिता आयोजना गर्न लागिएको घरेलु तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीबहादुर बिष्टले बताए ।

जिल्लामा सिलाई कटाई ब्यवासय गर्दै आएका ब्यवसायीहरुलाई दौरा सुरुवाल सिलाउन प्रोत्साहन गर्नका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको होे । कार्यालयले दिएको तालिमबाट दर्ता गरेरै हाल ब्यवसाय गरि रहनु भएका जिल्लाभरका महिला तथा पुरुष ब्यवसायीबिच यो प्रतियोगिता आयोजना हुने भएको हो ।

यसका लागि कार्यालयले पन्द्र दिने सुचना प्रकाशन गरेर प्रतियोगिता आयोजना गर्न लागेको र यसका लागि ब्यवसायीले आफ्ना ब्यवसाय दर्ता गरेको, नबिकरण गरेको, ब्यवसाय सञ्चालनका लागि करचुक्ता लगाएतका आवश्यक कागजात पेश गर्नु पर्नेछ ।

प्रतियोगिता सर्केगार्ड गाउँपालिका–४ को सर्केगार्ड बजारमा आयोजना गरिनेछ । प्रतियोगिता सञ्चालन मिति पन्द्र दिने सुचनाको अन्तिम दिन निर्धारण गरिनेछ । सो प्रतियोगितामा प्रथम हुने ब्यवसायीले बीस हजार, द्धितीया हुनेलाई दश हजार र तृतीया हुनेलाई सात हजार पुरस्कारको ब्यवस्था गरिएको छ । जिल्लामा पहिलो पटक उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।