खेल मैदानको संरचना भत्किन सुरु

फोटो क्याप्सन माटो भाँसिएपछि खेल मैदानको गयविन लगाएको क्षेत्र । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटस्थित सिम क्षेत्रमा निर्माण हुँदै गरेको खेल मैदानको संरचता भत्किन सुरु भएको छ । खेल मैदानको उत्तर पट्टीको ग्याविन वालमा माटो खस्न थालेपछि संरचना भत्किन सुरु भएको हो ।

गतवर्ष मात्र कर्णाली प्रदेश खेलकुद परिषदको आर्थिक सहयोगामा निर्माण कार्य भएको खेल मैदानको उत्तरतर्फको ग्याविन वालमा माटो पुर्ने कार्य नभएको कारण उक्त क्षेत्रको माटो भाँसिन सुरु भएको छ ।

उक्त संरचनामा एकातिर माटो राम्रोसंग भरिएको छैन भने अर्कोतर्फ जथाभावी लिएका खानेपानीको पाईप फुटेर माटो बगाएपछि यस्तो अवस्था देखिएको छ । गतवर्ष ग्याविन लगाएको सम्पुर्ण भागमा माटो भाँसिएको छ । खानेपानीको पाईपबाट निस्केको पानी मैदानमा वग्न थालेपछि मैदान समेत हिलम्मे हुन सुरु भएको छ ।

यसरी यो संरचना भत्कदै जाने हो भने यसले सिमकोट बिमानस्थलाई समेत असर पुर्याउने देखिएको छ । खेल मैदानको अवस्था यस्तो देखिएको भएपनि सरोकारवाला पक्षको ध्यान जान भने सकेको छैन ।