कर्णाली देउडा प्रतिष्ठान हुम्ला शाखाको अध्यक्षमा ढकाल

फोटो क्याप्सन प्रतिष्ठान हुम्ला शाखाका अध्यक्ष ढकाल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । कर्णाली देउडा प्रतिष्ठानको हुम्ला शाखा गठन गरिएको छ । भाषा साँस्कृती संरक्षण प्रर्बधन र पुस्ता हस्तान्तरण गर्ने उदेश्यका साथ शाखा गठन गरिएको हो ।
प्रतिष्ठानको कर्णाली प्रदेश सदस्य तीर्थराज रोकायाका अनुसार हुम्ला जिल्लाका देउडा गायकहरुको उपस्थितीमा कर्णाली देउडा प्रतिष्ठान हुम्ला शाखा गठन भएको छ ।

शाखाको अध्यक्षमा चन्द्र प्रकाश ढकाल (झलक), अदानसिंह कार्की उपाध्यक्ष, युबराज भण्डारी सचिब, दिपा भण्डारी सहसचिव, अजमल बुढा कोषाध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरि शाखाको सदश्यहरुमा अक कार्की ताजाकोट, अदानकला महतारा अदानचुली, नैन नेपाली सर्केगाड, माया थापा सर्केगाड, उद्धिम धिताल चंखेली, माया देबि शाही चङ्खेली, भानु भक्त जैसी खार्पुनाथ, प्रकाश बहादुर शाही खार्पुनाथ, धर्मराज बोहोरा सिमकोट गाउँपालिकाका रहेका छन् ।

हाललाई यसलाई तदर्थ समितिका रुपमा गठन गरिएको छ । स्थानीय देउडा साँस्कृतिको प्रर्बद्धनमा ध्यान केन्द्रीत हुने अध्यक्षमा चयन हुनु भएका ढकालले बताउनुभयो ।अब चाँडै यसलाई जिल्लाका सात वटै स्थानीय तहमा सञ्जाल निर्माण गरिने भएको छ ।