गाउकी जेष्ठ नागरिक रावतको निधन

फोटो क्याप्सन मृतक रावत र दाहसंस्कारका लागि खार्पुमाा लास लगिदै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । सिमकेट गाउपालिका– ५ को खाद्यक गाउकी सबै भन्दा जेष्ठ नागरिक रावतको निधन भएको छ । जेष्ठ नागरिक रावतको आफ्नै निवासमा कालगतिले निधन भएकाो हो ।
गाउँभरकी सवै भन्दा बढी उमेरकी धर्म रावतको शुक्रबार बिहान तीन वजे निधन भएको थियो ।

खार्पुमा रहेको कर्णाली नदी किनारको मसान धाटमा हिन्दु परम्परा अनुसार उनको दाहसंस्कार गरिएको छ । उनी ९१ वर्षकी पुगेकी थिईन । यत्रो उमेरमाा पनि रावत हिडडुल गर्न सक्ने अवस्थाामा रहेकी थिईन ।

खासै बिमार नभएकी रावतको अकस्मात निधन भएको उनका परिवारका सदस्यले बताए । केही दिन अगाडी मात्र उनी सिमकाोट गाउँपालिका– ६ के माथिल्लो गाउँमा माईती देवताको अन्तिम टिका लगाउने भनेर कालाशिल्ता धामी थानमा पुगेर टिका लगाएकी थिईन । रावतको निधनले खाद्यक गाउँले आफ्नो जेष्ठ सदस्य गुमाएको छ । मृतक रावतका तीन जना छोरी रहेकी छन् ।