आदिवासी जनजाति पत्रकार महासंघ हुम्लाको अध्यक्ष तामाङ चयन

सि.टा. समाचारदाता
सिमकोट । नेपाल आदीवासी जनजाति मत्रकार महासंघ ( फोजिन ) हुम्ला शाखाको अध्यक्षमा नरजन तामाङ सर्वसम्मत चयन भएका छ । महासंघको साधारण भेलाले तामाङको नेतृत्वमा जिल्ल कार्य समिति चयन गरेको हो ।

भेलाले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला कार्य समितिको अध्यक्षमा तामाङ, उपाध्यक्षमा छपाल लामा, सचिवमा भक्तराज ऐडी, कोषाध्यक्षमा अभिनास लामा, सहसचिवमा मिग्युर लामा चयन भएका छन् ।

त्यसैगरि महासंघको सदस्यरु कमिलाल ऐडी, छ्वाङ लामा ,कुन्साङ तामाङ र ऐटन रावल पनि सर्वसम्मत चयन भएका छन् । फोजिनको हुम्ला शाखा पहिलो पटक गठन भएको छ ।

फोजिन गठन बारे जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो । अध्यक्षमा चयन भएपछि अध्यक्ष तामाङले पत्रकारिता क्षेत्रको संस्थागत विकास र ब्यवसायीय पत्रकारिताको काम गर्ने बताए ।