सुनौला हजार दिनका महिलालाई आयोडिन युक्त नुन सहयोग

फोटो क्याप्सन आयोडि युक्त नुन पाएपनि शिशु सहित सुनौलो हजार दिनका महिलाहरु । तस्बीर ः सौजन्य डाँडाफया स्वास्थ्य चौकी

सि.टा. समाचारदाता
सिमकोट । सुनौलो हजार दिनका महिलाहरुलाई आयोडिन युक्त नुन सहयोग गरिएको छ । अंग्रेजी महिना फेबु्रवरीलाई आयोडिन युक्त नुनको महिना मनाउने क्रममा ती महिलाहरुलाई नुन सहयोग गरिएको हो ।

आयोडिम महिना मनाउने क्रममा सुनौलो हजार दिनका महिलाहरुलाई आयोडिन युक्त एक केजी नुन सहयोग गरिएको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराले बताए ।

जम्मा३४ जना गर्भवती रसुत्केरी महिनालाई नुन सहयोग गरिएको हो । यसमा १७ जना गर्भवती र १७ जना सुत्केरी आमालाई नुन सहयोग गरिएको हो । दिवस मनाउने क्रममा स्वास्थ्य चौकीले आयोडिन युक्त नुनको ब्यवस्थापन आफै गरेको हो ।

दिवस मनाउने क्रममा सुनौलो हजार दिनका महिलाहरुलाई नुनको प्रयोग, फाईदा, उपभोगिता, नखादाका बेफाईदाका बारेमा पनि जानकारी गरिएको थियो ।