सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाका आठ सय भन्दा बढी ब्यवसायी र फर्म लगाएतका संस्था ब्यक्तिहरु कर नतिर्नेमा परेका छन् । संस्था, फर्म र ब्यवसाय दर्ता गर्ने र त्यसपछि नबिकरण नगरेको कारण उनीहरु कर नतिर्ने लिष्टमा कर कार्यालयले राखेको हो ।
जिल्ला भर दर्ता नभएर नविकरण नगरि कर नतिर्ने संख्या ८८३ रहेको उद्योग बाणिज्य सङ्घ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
यो कर भ्याट र प्यान रहेको छ । यसरी हालसम्म कर नतिर्नेमा ब्यक्तिगत फर्म, गैरसरकारी संस्था, सरकारी संस्था, गुम्बा, ब्यवसाय, सामुहिक फर्म रहेका छन् । २०६० सालमा दर्ता भएर हालसम्म नविकरण नभएका संस्थाहरु पनि रहेको परिपत्र कर कार्यालय सुर्खेतबाट सङ्घमा आएको उनले बताए ।
पछिल्लो समय बिभिन्न सरकारी कार्यालयहरुमा अनुदान लिनका लागि फर्म दर्ता गर्ने तर त्यसलाई नविकरण नगर्ने सङ्ख्या बढी रहेको छ । काम नगरे पछि त्यस्ता फर्म तथा संस्था, ब्यवसायलाई रद्ध नगर्नाले पनि हुम्ला जिल्लाका ठुलो सङ्ख्यामा कर नबुझाउने संख्या देखिएको हो ।
कर कार्यालयले हालसम्म कर नतिर्नेहरुका लागि कर छुटको ब्यवस्था ल्याएको । फागुन मसान्तसम्म नबिकरण गरेर कर बुझाउन सबैका लागि छुटको अवधि राखेको कारण आआफ्ना ब्यवसाय नविकरण उहाँले आग्रह गर्नुभयो । राज्यले कुनै पनि बेला यसरी छलिएको कर लिने भएको कारण समय मै प्राप्त अवसरलाई नगुमाउन अध्यक्ष भण्डारीले आग्रह गरे ।















