परम्परागत देउडा भाकाको संरक्षण हुम्लाका देउडा गायक

फोटो क्याप्सन देउडा गायक थापाको देउडा भाका गीतको पोष्चर । तस्बिर ः सौजन्य, परबहादुर थापा

सि.टा. समाचारदाता

सिमकोट । हुम्लाका स्थानीय देउडा गायक जिल्ला भर गाईने पुराना देउडा भाकाको संरक्षण लागेका छन् । धेरै पहिलेबाट गाउने ती भाकाको संरक्षणका लागि एक दर्ज बढी कलाकारमा दैनिक जसो गाउन थालेका हुन ।

पछिल्लो पुस्ताका देउडा गायक नबराज भण्डारीले आठ दश पुस्तादेखि गाउदै आएको देउडा भाकाको संरक्षणमा आफु पनि लागेको बताए । उनले आफुले मात्र कर्णाली र सुदुरपश्चिमका गरि एक सय भन्दा बढी स्थानीय पुराना देउडा भाकाका देउडा गीत गाएको बताउदै यसलाई गाउन छोड्ने हो भने हराउने चिन्ता रहेको बताए ।

यी भाका कर्णालीका कुना कन्दरामा गाउने भाका हुन । देउडा गायक भण्डारीले गाएको देउडाका भाकाहरुमा बाजौ बाजौ बाज मेरिऔ,दरि रामराम बोल मैना चरि, दौराली दौरा, ओ लाल पछेउरी ताल, लैनु भैसी खर्कैछ, छुटिउ काली झर्कै छ लगएतका डाँडापाखा, बनजंगलर गोडमेल गर्ने समयमा गाउने गरिन्छ । त्यसैगरि भण्डारीले भेडी गोठालो जाँदा डाडी भाकामा पनि देउडा गएका छन् ।

भरखरै मात्र मलमल काँस मलकास, तालका माछा लाई धँच भन्ने देउडा गीतको भाकामा गीत गाउनु भएका अदानचुली गाउँपालिका– २ का परबहादुर थापा पनि देउडा भाकाको संरक्षणमा लागेका छन् । उनले अहिले डिजिटल जमानामा देउडा भाकामा गीत गाउदा पछिसम्म पनि रेकर्ड रहने भएको कारण यसलाई सुरक्षित राख्नु पर्ने बताए ।

थापाले एक दर्जन हुम्लाका देउडा गायक गायिकाहरुले हाल विभिन्न भाकामा गीत गाउदै आएको जानकारी दिए । हाल यसरी देउडा भाकाको संरक्षणमा लाग्नु भएका हुम्ला देउडा गायकमा बनकला सन्ज्याल ,अमृत कुमार अनमोल, हिरकला बि.सी, सुस्मिता भेरिकार, मन्जु रावल लगाएतका रहेका छन् । उनीहरुले ब्यक्तिगत खर्च गरेर भएपनि सो अभियानमा लागेका छन् ।