सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ५ को तुम्कोटमा अबरुद्ध भएको बिधुत सेवा सुचारु भएको छ । सो बिधुत आयोजनाको नहरमा बाढीले लदो भरेर पानी पस्न नदिएपछि अवरुद्ध भएको बिधुत सेवा मुचु प्रहरी चौकीका प्रहरीद्धारा जनश्रमदानबाट मर्मत गर्ने कार्य भएपछि बिधुत सेवा सुचारु भएको हो ।
तुम्कोटको बिधुतको नहरमा बाढीले भरेको लेदो हटाउने कार्य भएपछि चार दिनदेखि अबरुद्ध रहेको बिधुत सेवा सुचारु भएको मुचु प्हरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक केशवदत्त जोशीले बताए ।
गत साउन ४ गते बर्षासैग आएको बाढीले उक्त बिधुतको नहरमा क्षेती पुर्याउनुका साथै नहरमा लेदो भरेको कारण बिधुत आपुर्ती बन्द भएको थियो ।
बिधुत सेवा बन्द भएपछि नौ जना प्रहरी र पाँच जना स्थानीय युवाहरु खटिएर नहरको मर्मत र लेदो हटाउने कार्य सम्पन्न गरेपछि बिधुत आपुर्ती सुचारु भएको हो। प्रहरी र्नौ घण्टा मर्मत गरेपछि बिधुत सेवा सुचारु भएको हो ।
यसबाट तुम्कोट र मुचुका ७७ घरधुरी स्थानीय, प्रहरी, स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालयमा बिधुत सेवा अबरुद्ध भएको थियो । ६५ किलोवाटको उक्त बिधुत आयोजना गाउँपालिका र सहयोगी निकायको लागत साझेदारीमा एक वर्ष अगाडी निर्माण कार्य सम्पन्न भएको हो ।
























