सहयोगी मनका वडा अध्यक्ष लामा जसले बिधुवा महिलालाई सोलार सहयोग गरे

फोटो क्याप्सन भण्डारीलाई सोलार सहयोग गर्दै वडा अध्यक्ष लामा । तस्बिरः लोग भण्डारी

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– १ का वडा अध्यक्ष गोर्ख लामाले एक जना बिधावा महिलालाई सोलार सहयोग गरेका छन् । आर्थिक अवस्था न्यून भएको कारण आफ्नै लगानीमा लामाले सो सोलार सहयोग गरेका हुन ।

वडाको ठेहे गाउँकी बाँचु भण्डारीलाई वडा अध्यक्ष लामाले सोलार सहयोग गरेका हुन । श्रीमान आठ वर्ष अगाडी वितेका थिए । आर्थिक अवस्था पनि कमजोर भएको कारण सोलार सहयोग गरिएको वडा अध्यक्ष लामाले बताए ।

सहयोग सानै भएपनि भण्डारीको घरमा बिधुत नभएको बेला उज्यालो गर्नका लागि उक्त सहयोग गरिएको वडा अध्यक्ष लामाले बताए ।