हजारौं घरेलु दर्शकलाई निराश बनाएको नेपाल र म्यानमारबीचको खेल

सि.टा समचारदाता
चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फूटबलको फाइनलमा नेपालले धेरै मौका गुमाउँदा उपाधि हासिल गर्न असफल बनेको छ। पहिलो हाफ बराबरीमा रहेको खेल दोस्रो हाफको सुरुवातमै नेपालले दुई गोल खान पुग्यो।

नेपालले जितेको हेर्न हजारौंको संख्यामा दशरथ रंगशाला पुगेका घरेलु दर्शक निराश बने। नेपाल म्यानमारसँग २-० गोलले पराजित भएको हो। प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी थिए।