सि.टा. समाचारदाता
सिमकोट । गैर सरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्षमा हुम्लाका गोबिन्द शाही र कर्णाली प्रदेश इन्चार्जमा बिष्णुदेवि शाही निर्विरोध चयन भएका छन् । राजधानीमा जारी महासंघको भेलाले उनीहरुलाई उक्त पदमा चयन गरेको हो ।
लामो समयदेखि गैरसरकारी संस्थाका कार्यरत शाहीले हाल काठमाडौंमा जारी रहेको भेलाले शाहीलाइ कोषाध्यक्षमा र रावललाई केन्द्रीय सदस्य र कर्णाली प्रदेश इन्चार्जमा सर्वसम्मत चयन गरेको हो ।
शाही यसअघि महासंघको सचिव थिइ भने रावल यसअघि केन्द्रीय सदस्य रहेकी थिईन । कोषाध्यक्ष शाहीलामो समयदेखि किडार्क नेपालको केन्द्रीय निर्देशकका कार्यरत रहादै आएका छन् , दुवै जनाले बुधबार नै पदभार समालेका छन् ।












