लोग भण्डारी
सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले ब्यक्तिहरुकाे हराएका मोवाईलहरु फिर्ता गर्ने कार्य भएको छ । मोवाईल हराएपछि प्रहरीलाई उजुरी दिईएको र उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरेर पत्ता लगाएका मोवाईल सम्वन्धित ब्यक्तिलाई फिर्ता दिने कार्य गरेको हो ।
ब्यक्तिहरुले सदरमुकाम सिमकोटबाट बिभिन्न मितिमा हराएको भनि यस कार्यालयमा निबेदन पेश हुन आएको र प्ररहीले आवश्यक अनुसन्धान गरी पत्ता लगाई सम्बन्धित व्यक्तिहरुलाई यस कार्यालयमा बोलाएर उक्त मोबाईल फिर्ता दिने कार्य गरेको हो ।
यसरी हराएका मोवाईल प्रहरीले पत्ता लगाएर फिर्ता पाउने ब्यक्तिहरुमा खार्पुनाथ ३ का कबिराज सुनार, सिमकोट गाँउपालिका ५ का धनसिंह घर्ती मगर र ताजाकोट ३ का बिष्णु बुमी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ती ब्यक्तिहरुलाई कार्यालयमा बोलाएर मोवाईल जिम्मा लगाएको हो ।












