सि.टा. समाचारदाता
सिमकोट । उत्तरी नाम्खा गाउँपालिकामा निशुल्क दन्त बिशिर हुने भएको छ । गाउँपालिकाका दुई वटा स्थानमा उक्त शिबिर हुने भएको हो । नाम्खा गाउँपालिकाले एक सुचना प्रकाशन गरेर गाउँपालिकाका दुई वटा स्थानमा बिशेषज्ञ सेवा सहितको दन्त शिबिर हुने जनाएको छ । शिबिर गाउँपालिकाको समन्वय, हिमाली वाल समाज र जिईआरडी च्यारीटी जर्मनीको आर्थिक सहयोगमा हुन लागेको हो ।
शिबिरमा जर्मनीका दन्तरोग बिशेषज्ञ चिकीत्सकहरुले उपचार गर्नेछन् । गाउँपालिकाका वडा नम्बर १,२ र ३ का लगि केर्मीमा चैत १४ र १५ गते बिशिर सञ्चालन हुनेछ भने चैत १६ र १७ गते याल्वाङमा वडा नम्बर ४,५ र ६ का वासिन्दाहरुका लागि हुनेछ । दुवै स्थानमा शिबिर बिहान १० वजेदेखि बेलुक र वजेसम्म सञ्चाल हुनेछ ।
बिशिरमा दाँत निकाल्ने, कृतिम दात हाल्ने, आरसिटी र बिशेषज्ञ चिकीत्त्सकबाट दाँत सम्वन्धि अन्य समस्य पहिचान र उपचार समेत गरिनेछ । शिबिरका लागि चिकीत्सकहरु सदरमुकाम सिमकोट आई पुगेर केर्मी बुधबार पुग्नेछन् ।



















