सि.टा. समाचारदाता
सिमकोट । नेपाल शिक्षक महासंघले गर्न लागेको काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी जनाउन हुम्ला जिल्लाका शिक्षकका विद्यालय बन्द गरेर जाने भएका छन् । महासंघको केन्द्रीय बिरोध कार्यक्रम अनुसार हुम्ला जिल्लाका महासंघका आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरु काठमाडौं जान लागेका हुन ।
शनिबार हुम्ला जिल्लवट महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुको सम्युक्त बैठकले विद्यालय बन्द गरेर राजधानीमा गर्न लगिएको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं जाने निर्णय गरिएको छ । हुम्ला जिल्लाबाट महासंघामा नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन लगाएत पाँच वटा आवद्ध हुँदै आएका छन् ।
महासंघले चैत २० गतेबाट काठमाडौं केन्द्रीत अन्तिम वारपारको आन्दोलनन गर्ने यसअघि नै निर्णय गरि सकेको छ । काठमाडौंको आन्दोलनमा सहभागी जनाउन आवद्ध संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्लाका प्रति संगठन पाँच जनाका दरले जानेछन् । आन्दोलन सुरु भएदेखि जिल्लाका सम्पुर्ण विद्यालयहरु बन्द हुनेछन् । काठमाडौं जाने शिक्षकहरुलाई आर्थिक सहयोग गर्न महासंघमा आबद्ध सबै संगठनका सदस्यहरुले प्रति सदस्य एक हजार रुपियाँ सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
















