मिनी ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु

फाोटो क्याप्सन मिनी ट्रकले ठक्कर दिदा मृयु भएकी महिलाको लास । तस्बिर ः सि.टा .

सि.टा. समाचारदाता
सिमकोट । गुड्दै गरेको मिनि ट्रकले पछाडीबाट ठक्कर दिदा एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ । सर्केगार्ड गउपालिका– ४ को दुल्ली गाउँको सडमा गुडी रहेको ट्रकले ठक्कर दिदा ती महिलाकाे मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा दुल्ली गाउँकी स्थानीय बासी ७२ बर्षिया नन्दकला थापाको मृत्युु भएको प्रहरीले जनाएको छ । भे १ ख ३४७३ नम्बर ट्रकले कच्ची सडक छेउमा ढुङ्गा ओसार्ने क्रममा थापालाई ठक्कर दिएको थियो ।

ट्रक चालक बाँके जिल्ला काेहरलपुर नगरपालिका– १४ को सुन्दपुरका दिनेश चदारालाई सर्केगाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । लाश, ट्रक र चालक प्रहरीको नियन्त्रणमा राखिएको छ । अहिले सडक पुर्ण रुपमा बन्द गरिएको छ ।