राजावादीहरुलाई दिउसै सपना नदेख्न एमाले हुम्लाका नेताहरु चेतावनी

फोटो क्याप्सन एमालेद्धारा आयोजना गरिएको सचेतना र्याली र सभाका कार्यक्रम । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सि.टा. । नेकपा एमालेका केन्द्रदेखि जिल्लास्तरका नेताहरुले राजतन्त्रका बारेमा दिउसै सफना नदेख्न चेतावनी दिएका छन । नेकपा एमाले हुम्लाले सोमबार सदरमुकाम सिमकोटमाा आयोजना गरेको जागरण र्याली र सभा नेताहरुले सो चेतावनी दिएका हुन ।

गत चैत १५ गते गणतन्त्रको बिरोधमा काठमाडौंको तिनकुनेमा गरेको घटनाबाट सजक र सचेत रहनका लागि यो कार्यक्रम आयोजना गरिएको हो । गणतन्त्र बिरुद्ध राजाबादीहरु चलवलाई रहेको बेला हुम्लाका जनतालाई सचेत राख्न र प्रतिबाद गर्नका लागि सोमवार जिल्लास्तरको र्यली र जनचेतना सभा आयोजना गरिएको एमाले हुम्लाका उपाध्यक्ष प्रकाश शाहीले बताए ।

एमाले हुम्लाद्धारा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराले लोकतत्रको बिकल्प अन्य शासन हुन नसक्ने बताउदै चित्तामा पुगी सकेको राजतन्त्रले अब कुनै दिवास्वप्न नदेख्न चेतावनी दिए ।

अहिले गणतन्त्रबादी शक्तिहरु सवै एकै ठाउमा जम्मा भई सकेको र गणातन्त्रको रक्षाका लागि दैनिक गणतन्त्रवादी दलहरु सम्वादमा रहेको उनले बताए ।

२४० वर्षसम्म नेपाली जनताले राजाको शासन सहेरका नेपाली जनताले अब मृत्यु भई सकेको राजतन्त्र नस्वीकार्ने उनले बताए । यदी राजतन्त्रवादीहरुले कुनै सपना देखेको भए त्यो सत्यसावित नहुने उनको भनाई थियो ।

सभामा एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले हुम्लवासीलाई सचेत राख्नका लागि एमालेले यो कार्यक्रम आयोजना गरेको बताए । जनताको छोरो राष्ट्र प्रमुख हुने शासन भन्दा अन्य शासन जनताका लागि उपयुक्त नदेखिएको उनले बताए ।

एमाले कर्णाली प्रदेश सदस्य नवराज महताराले अहिले युगमा राजतन्त्र र त्यसलाई समर्थन गर्नेहरु सलवलाउनु भनेको आफ्नो पत्तासाफ हुने बाटो तय गर्नेतर्फ लाग्नु उस्तै भएको बताए । नेपालमा दलहरुले रगत पसना बगाएर लोकतन्त्र ल्याएको बताउदै अब अन्य शासनको नेपालका बिकल्प नरहेको उनले बताए । अखिल नेपाल महिला संघकी अध्यक्ष मन्जु रावलले गणतन्त्र बिरुद्ध चालिने कदम बिरुद्ध लाग्न जतिबेला पनि आफुहरु तयार रहेको बताईन ।

अनेरास्ववियुका केन्द्रीय सदस्य जयराज सन्ज्यालले पनि राजतन्त्र बिरुद्ध चर्को रुपमा बोलेका थिए । कार्यक्रम एमाले सचिव तीर्थराज बोहराले सञ्चालन गरेका थिए । यसअघि सिमकोटस्थित पार्टी कार्यालयबाट सुरु भएको एमालेको र्यालीले सिमकोट बजारको बाजा सहित राजतन्त्र बादीहरु बिरुद्ध चर्का नारा लगाएर काली चोकमा पुगेर सभामा परिणत भएको थियो ।