सि.टा. समाचारदातता
सिमकोट । जिल्लामा कृषि क्षेत्रमा काम गर्ने सरकारी निकाय मध्यको एक कृषि बिकास कर्यालयले आगामी वर्षको बजेट तथा कार्यक्रममा स्थानीय रैथाने बालीलाई उच्च प्राथमिकतामा राख्ने भएको छ ।
कर्णाली प्रदेश सरकारले नीतिगत रुपमै रैथाने बालीलाई प्राथमिकतामा राख्ने ब्यवस्था गरेपछि आगामी वर्ष रैथाने बाली संरक्षणका कार्यक्रम मात्र राखिने भएको हो
कर्णाली प्रदेश सरकारले नीतिगत ब्यवस्था गरेर रैथाने बालीका संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने जनाएपछि आगामी आर्थिक वर्षमा जिल्लाले तयार गर्ने सवै कार्यक्रम पनि रैथाले बाली हुने कृषि बिकास कार्यालयका प्रमुख चुणामणी पन्तले बताए ।
रैथाने बाहेक अन्य बालीका कार्यक्रमहरु तर्जुमा नै नहुने उनको भनाई छ । यसको खेती, उत्पादन बृद्धि, बजारीकरण, प्याकेजिङसंग सम्वन्धि कार्यक्रम तर्जुमाको तयारी कार्यालयले गरि रहेको छ । हालको अवस्था हेर्दा रैथाने बालीको अन्न महङ्गोमा बिक्री भई रहेकोले बिसानलाई प्रत्यक्ष फाईदा हुने भएको कारण पनि यसलई प्राथमिकतामा राखिने छ । यतिबेला कार्यालय स्थलगत रुपमा गाउगाउँमा पुगेर किसानहरुसंग रैथाने बालीलाई कसरी प्रर्बद्धन गर्न सकिन्छ भन्ने राय सुझावहरु संङ्कलन गरि रहेको छ ।
हुम्ला जिल्लाका रैथाने बालीहरु मध्य चिनो, कागुनो, कोदो, फापर तिते र फापर मिठे, उवा, सिमी र स्याउ तथा ओखर खेतीसंग सम्वन्धित कार्यक्रम तर्जुमा गरिनेछ । यी बालीहरुको स्थानीय स्तरमा मुल्य समे निर्धारण भई सकेको छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले जिल्लाका चार वटा गउपलिकसंग रैथाने बाली खरिदका लागि सम्झौता समेत गरि सकेको छ । सिमकोट गाउँपालिकासंग बिगत तीन वर्षदेखि रैथाने बाली खरिद गर्दै आएको छ । यसअघि कार्यालयले रैथाने भन्दा पनि हाईब्रीड बालीमा प्राथमिकता दिने गरेको थियो । अर्को कुरा खाद्य सुरक्षाका हिसावले पनि उपभोक्ताहरुलाई रैथाने बाली उपयोगी देखिदै आएको छ ।












