लामा समुदायको गाउँको विद्यालयमा अध्ययन गर्ने लामा बिधार्थी सङ्ख्या न्यून

फोटो क्याप्सन रलिङ माविमा अध्ययन गर्ने बिधार्थीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । लामा समुदायको विद्यालयमा अध्ययन गर्ने लामा कै बिधार्थीहरु न्यून रहेका छन् । लामा बस्तीका बिधार्थीहरुलाई सदरमुकाम र जिल्ला बाहिरका नीजि विद्यालयम अध्ययन गराउने चलन बढेपछि विद्यालयमा लामाका बिधार्थीहरु कम भएका हुन ।

सिमकोट गाउँपालिका– ३ को बरगाउँकी छपाल लामाले बिधार्थीहरु सबै सदरमुकाम र जिल्ला बाहिर अध्ययन गर्न गएको कारण गाउँको विद्यालयमा लामाका बिधार्थीहरु थोरै मात्रले अध्ययन गरि रहेको बताईन । यस्तो हुनुमा बिशेष गरि अभिभावकहरु गाउँ छोड्ने भएको कारण गाउँका विद्यालय खाली हुन थालेको उनको भनाई छ ।

गाउँमा बुढाबुढी मात्र बस्ने र बालबालिका लिएर सदरमुकाम वस्ने प्रबृति बढेको कारण विद्यालय बन्द गर्नुपर्ने अबस्था आई लागेको बताउदै उनले आफ्ना दुई जना नानी पनि सरमुकाम सिमकोटको नीजि विद्यालयमा अध्ययन गरि रहेको बताईन ।
सिमकोट गाउँपालिका– ३ को रलिङ माध्यामिक विद्यालय लामा बस्तीमा रहेको विद्यालय भएर पनि लामा कै बिधार्थीहरु कम रहेको सो विद्यालयका प्रधानाध्यापक छिमी लामाले बताए ।

खास गरि वडाका छ वटा लामा वस्तीका बिधार्थीहरुले अध्ययन गर्नका लागि सो विद्यालय स्थापना गरिएको हो । उक्त विद्यालयमा लामा वस्तीहरु बरगाउँ, तोर्पा, हुटिक, लिमाटाङ, गुम्बाटल्की र लाङ्दु गाउँका बिधार्थीहरु अध्ययन गर्दै आएका छन् । उनले बिस्तारै अभिभावकहरु सदरमुकाम र लगायत सहरिय क्षेत्रमा केन्द्रित  हुन थालेपछि बिधार्थीहरु पनि उतै अध्ययन गराउने चलन बढेको कारण गाउँको विद्यालयमा बिधार्थी सङ्ख्या निक्कै न्यून रहेको बताए ।

हाल तुम्पोत गाउँबाट एक जना, तोर्पा गाउँवाट दुई जना र वरगाउँबाट चार जना बिधार्थीहरुले विद्यालयमा अध्ययन गर्दै आएका छन् । लिमाटाङ, गुम्वाटल्कीबाट भने एक जना बिधार्थी छैन । अर्को लाामा वस्ती लाङ्दु गाउका लामाका बिधार्थीहरु पनि उक्त विद्यालयमा अध्ययन गर्न आउने गरेका छैनन् ।
वडा अध्यक्ष पामा लामाले लामा समुदायका बिधार्थीहरु सबै सदरमुकाम  लगायत सहरिय क्षेत्रमारहेका नीजि विद्यालयमा केन्द्रीत भएपछि समस्या देखिएको बताए ।

उनले बिधार्थी सबै गाउँ कै विद्यालयमा अध्ययन गराउन भन्न पनि नसकिने भएको कारण पनि भोली कुनै पनि वर्ष विद्यालय बिधार्थीहरु नभएको कारण बन्द नहोला भन्न नसकिने बताए । छिमेकी वडा नम्बर १ र २ को ठेहे गाँउका बिधार्थीहरु नभएको भए दुई वर्ष अगाडी नै रलिङ मवि बन्द गर्नुपर्ने अवस्था रहेको छ । बालबिकासदेखि कक्षा दशसम्म अध्ययन हुने उक्त विद्यालयमा १३५ जना बिधार्थीहरु अध्यानरत रहेका छन ।

यी अध्ययन गर्ने बिधार्थीहरु अधिकाँस दलित र क्षेती जातिका रहनु भएको छ । अब गुणस्तरीय शिक्षा प्रदान गर्ने बाताबरण तयार पारेर बाहिरका बिधार्थीहरुलई गाउँको विद्यालयमा फर्काउनु आवश्यक रहेको उनको भनाई रहेको छ ।